मर्दी बेस क्याम्प हिँडेका विदेशी पर्यटक सम्पर्कविहीन

पाेखरा | पुस १५, २०८०

मर्दी बेस क्याम्प हिँडेका विदेशी पर्यटक सम्पर्कविहीन तस्बिर फाइल

पोखरा:   कास्कीको पोखरा–मर्दी ट्रेकमा गएका एक स्वीडेनी नागरिक सम्पर्कविहीन भएका छ । मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहिन भएका हुन् । 


माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि निस्किएका थिए । तर, आइतबार बिहानसम्म पनि नफर्किएपछी खोजी कार्य सुरु गरिएको वडाध्यक्ष  गुरुङले बताए । 


उनलाई खोजी गर्न गाउँपालिकाबाट मान्छे खटाएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ लागेको छ । 


स्वीडेनी नागरिक सम्पर्कविहिन भएको प्रहरी र सम्बन्धित दूतावासलाई गराइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेको आधारमा व्यक्तिको पहिचान गरिएको उनले बताए ।


 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्